यामाहाको भव्य “ब्लु फेस्ट” मेला

यामाहा नेपालले चैत २९ देखि वैशाख ५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा “यामाहा ब्लु फेस्ट” आयोजना गर्ने घोषणा गरेको छ।

कार्यक्रमको पहिलो दिन नयाँ पुस्ताको ‘Yamaha FZ-S New Gen’ सार्वजनिक गर्दै साताव्यापी उत्सवको सुरुवात गरिनेछ।

यस मेलामा मोटरसाइकल प्रेमीहरूले यामाहाका नयाँ हाइ-टेक मोटरसाइकल र स्कुटरहरू नजिकबाट हेर्न र बुझ्न पाउनेछन्।

सहभागी ग्राहकले आफ्नो पुरानो सवारी ५० भन्दा बढी रिकन्डिसन हाउसहरूबाट तत्काल मूल्याङ्कन गराई नयाँ यामाहासँग साट्न सक्नेछन्।

पहुँच सहज बनाउन नागरिकताबाटै अन-द-स्पट फाइनान्स र ४० महिनासम्मको सस्तो ईएमआई सुविधा समेत उपलब्ध गराइएको छ।

खरिदकर्ताहरूले ५ लाख रुपैयाँसम्मको क्यासब्याक र नयाँ वर्षको ‘ब्लु कोड’ अफरको लाभ समेत उठाउन पाउनेछन्।

मेलामा सवारी खरिदका साथै स्टन्ट शो, सेलिब्रेटी भेटघाट, कस्प्ले प्रस्तुति र विभिन्न उपहारहरूको समेत व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *