Skip to content
नासा नेपालले चितवनका सञ्चारकर्मीका लागि विद्युतिय सवारी (इभी) सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
यो कार्यक्रम एफआइएको सहयोगमा ‘सेफ एण्ड सस्टेनेबल मोविलिटी ग्रान्ट’ अन्तर्गत आयोजना गरिएको हो।
कार्यक्रममा इभीको प्रयोग, प्रविधि, सुरक्षा र दिगोपनाबारे जानकारी दिइएको थियो।
करिब चार दर्जन सञ्चारकर्मीलाई इभीसम्बन्धी तथ्यमा आधारित रिपोर्टिङ र नयाँ प्रविधिबारे प्रशिक्षण दिइयो।
नेपाल र विश्वमा इभीको विकास, अवसर र चुनौतीबारे पनि प्रस्तुति गरिएको थियो।

नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले संस्थाको भूमिका र जनचासोबारे जानकारी दिए।
इभी विज्ञ समराज श्रेष्ठले प्राविधिक पक्षबारे प्रस्तुति राखेका थिए।
वागमती अटोमोवाइल एसोसिएसनका अध्यक्ष राजन पियाले चितवनमा इभीको अवस्था र सम्भावनाबारे बताएका थिए।

कार्यक्रममा सञ्चारकर्मी, सामाजिक सञ्जालकर्मी र अटोमोबाइल क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए।
सहभागीहरूले यस्तो कार्यक्रमले इभीका अवसर र चुनौती बुझ्न मद्दत पुगेको बताएका छन्।
नासा नेपालले ‘इभीजन नेपाल’ परियोजना अन्तर्गत इभीसम्बन्धी अध्ययन र रिपोर्ट तयार गर्ने काम गरिरहेको जनाएको छ।
Post Views: 55