नेपाली अटोमोबाइल बजारमा धेरै गाडीहरू भित्रिए पनि दिपल एस०५ को आगमन भने विशेष र अविस्मरणीय रह्यो ।
नाडा अटो शोभन्दा केही दिन अघि सार्वजनिक भएको यस गाडीले नेपाली बजारमा लक्जरी, स्टाइल र प्रविधिको एउटा नयाँ मानक स्थापित गरेको छ ।
सार्वजनिक भएको छोटो समयमै यसको माग र प्रतिक्रियाले अटो उद्योगलाई नै चकित पारेको छ ।
सार्वजनिक भएको केही महिनाभित्रै दिपल एस०५ को बिक्री ५०० युनिट नाघिसकेको छ, जसले यसलाई प्रिमियम ईभी सेगमेन्टमा सबैभन्दा छिटो बिक्री हुने गाडीमध्ये एक बनाएको छ।
५०० भन्दा बढी ग्राहकको रोजाइमा पर्नु र अझै पनि लामो ‘वेटिङ लिस्ट’ हुनुले नेपाली विवेकशील ग्राहकहरूले यसको लक्जरी, स्टाइल र अत्याधुनिक प्रविधिलाई पूर्ण रूपमा स्वीकार गरेको स्पष्ट पार्छ।
यो सफलताले दिपल ब्रान्डलाई नेपाली अटोमोटिभ जगतमा एक शक्तिशाली खेलाडीको रूपमा स्थापित गरिदिएको छ।
एस०७ को अपार सफलतापछि भित्रिएको एस०५ ले नेपाली विवेकशील ग्राहकहरूको मन जित्न सफल भएको छ ।
हालसम्म नेपाल भित्रिएका हरेक युनिट बिक्री भइसकेका छन् र यसको ‘वेटिङ लिस्ट’ अझै लामो छ ।
चर्चित सेलिब्रिटीदेखि प्रभावशाली व्यवसायीहरूसम्मको रोजाइमा पर्नुले यो इभी सम्झौताहीन गुणस्तर चाहनेहरूका लागि बनेको प्रमाणित गर्दछ ।
मुख्य आकर्षण र विशेषताहरू:
पुरस्कृत डिजाइन: ‘आईएफ इन्टरनेशनल डिजाइन अवार्ड २०२५’ विजेता यसमा शार्क नोज फ्रन्ट, इन्टरस्टेलर डिजाइन र फ्रेमलेस डोर जस्ता विशेषता छन् ।
उत्कृष्ट प्रविधि: सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले (AR-HUD), रिमोट पार्किङ र १९ वटा सेफ्टी फिचरसहितको एडास २.० उपलब्ध छ ।