चितवनमा इभी सम्बन्धी मिडिया अभिमुखीकरण

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले चितवनमा सञ्चारकर्मीहरूका लागि विद्युतीय सवारी (इभी) सम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

अन्तर्राष्ट्रिय अटोमोवाइल्स फेडरेसन (एफआइए) को सहयोगमा आयोजित यस कार्यक्रममा इभी प्रविधि, सुरक्षा र दिगोपनाका विषयमा प्रस्तुति दिइएको थियो।

कार्यक्रममा चितवन र आसपासका करिब चार दर्जन सञ्चारकर्मीहरूलाई इभीसम्बन्धी सत्यतथ्य रिपोर्टिङ र प्राविधिक पक्षबारे जानकारी गराइएको छ।

नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराई, विज्ञ सम राज श्रेष्ठ र राजन पियाले इभीका अवसर र चुनौतीबारे आफ्ना धारणाहरू राख्नुभएको थियो।

सहभागी सञ्चारकर्मीहरूले यो ओरिएन्टेसनले नेपालमा बढ्दो इभी बजार र यसका प्राविधिक पक्ष बुझ्न ठूलो सहयोग पुगेको बताएका छन्।

नासा नेपालले हाल इभीको नीतिगत र सुरक्षा पक्षबारे अध्ययन गर्न ‘इभीजन नेपाल’ परियोजना समेत सञ्चालन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *