Skip to content
नेपालस्थित अमेरिकी वाणिज्य संघ (AmCham Nepal) र परराष्ट्र मन्त्रालयबीच आर्थिक कूटनीति बलियो बनाउने विषयमा छलफल भएको छ।
काठमाडौंमा भएको भेटमा एमचामले नेपालको आर्थिक रूपान्तरण र नेपाल–अमेरिका व्यापारिक सम्बन्ध सुधारमा आफ्नो प्रतिबद्धता जनाएको छ।
परराष्ट्रमन्त्रीले एमचामलाई दुई देशबीचको आर्थिक सहयोग बढाउन चुनौती र अवसर समेटिएको स्पष्ट खाका तयार पार्न आग्रह गर्नुभयो।

छलफलमा नेपालमा रोजगारी सिर्जना र अमेरिकी लगानी भित्र्याउने विषयलाई विशेष प्राथमिकताका साथ उठाइएको थियो।
अमेरिकी कम्पनीहरूका लागि स्थिर नीति र सहज लगानीको वातावरण हुनुपर्नेमा एमचामका प्रतिनिधिहरूले जोड दिएका छन्।
मन्त्रालयले ‘ब्रान्ड नेपाल’ प्रवर्द्धन गर्न र नेपाललाई लगानीको गन्तव्य बनाउन निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
यस भेटमा एमचामका अध्यक्ष कैलाश बिजयानन्द लगायत अन्य कार्यसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
Post Views: 30