Skip to content
स्याफ्रु–रसुवागढी सडक खण्ड १५ दिन बन्द रहने भएको छ। सडक स्तरोन्नतिको कामका लागि अप्रिल, मे र जुन महिनाको पहिलो १५ दिन सडक पूर्ण रूपमा बन्द गरिनेछ।
यस अवधिमा रसुवागढी भन्सार पनि १५ दिनका लागि व्यावसायिक कारोबार बन्द हुनेछ। अत्यावश्यक बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लाग्ने छ।

सडक स्तरोन्नति चिनियाँ ठेकेदार सिजाङ थियनलुले गर्नेछ। सडक सुधारपछि कच्ची एक लेन सडक दुई लेन कालोपत्रे सडकमा रूपान्तरण हुनेछ।
निर्माण अवधिमा आपतकालीन र अत्यावश्यक सवारीसाधनहरूलाई सहजीकरण गरिने छ।
यो सडक खण्ड १७ किलोमिटर लामो छ, जसमा १५.८ किलोमिटर सुधार हुने छ। नेपाली पक्षको ढिलाइका कारण काम २०७७ चैतदेखि रोकिएको थियो।
Post Views: 86