मुग्लिङ–नागढुङ्गा राति बन्द

मुग्लिङ-नागढुङ्गा सडकखण्ड आजदेखि तीन दिन रातिमा बन्द हुने भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ अन्तर्गत घोप्टेभिर लगायतका क्षेत्रमा सडक स्तरोन्नतीको काम हुने भएको छ।

यसका लागि आजदेखि चैत्र १९ गतेसम्म राति १० बजे देखि बिहान ४ बजेसम्म सडकमा अत्यावश्यक सेवा बाहेक सबै सवारीसाधनको आवागमन रोकिने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

सडक स्तरोन्नतीको कामले यात्रु र स्थानीयलाई असुविधा हुन सक्ने भएकाले सबैलाई सचेत रहन प्रशासनले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *