Skip to content
मुस्ताङको थासाङ गाउँपालिकामा निर्माण भइरहेको लेते–धम्पु मोटरेबल पुल निर्माणमा लामो समयदेखि ढिलाइ देखिएको छ।
निर्माण कम्पनीको लापरबाहीका कारण पुलको काम पटक–पटक रोकिँदै आएको छ।
कालीगण्डकी नदीमाथि बन्ने यो पुल २०७६ सालमा करिब ५ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो।
सम्झौताअनुसार डेढ वर्षमै काम सक्ने लक्ष्य भए पनि हालसम्म चार पटक म्याद थप भइसकेको छ।
अब नयाँ समयसीमा २०८३ असारसम्म तोकिएको छ भने हालसम्म कामको प्रगति निकै कम रहेको छ।
पुलको केही आधार संरचना तयार भए पनि मुख्य कामहरू अझै बाँकी छन्।

हालसम्म निर्माण कम्पनीले करिब १ करोडभन्दा बढी रकम भुक्तानी लिइसकेको छ।
लामो समय रोकिएको काम हालैबाट पुनः सुरु गरिएको जनाइएको छ।
बर्खामा नदीको बहाव बढ्ने भएकाले चाँडो काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ।
पुल नहुँदा कालीगण्डकी पारिका दुर्गम गाउँका स्थानीयलाई दैनिक आवतजावत र कृषि उपज बजारसम्म पुर्याउन समस्या भइरहेको छ।
पुल बनेपछि त्यहाँका बासिन्दालाई यातायात र बजार पहुँचमा ठूलो सहजता आउने अपेक्षा गरिएको छ।
Post Views: 51