बीपी राजमार्ग खुल्यो फेरि

शुक्रबार परेको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण बन्द भएको बीपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ।

जिल्ला प्रहरीका अनुसार बिहान ६ बजेदेखि दुईतर्फी सवारी सञ्चालन सुरु गरिएको छ तर मौसमको अवस्था हेरेर यात्रा गर्न आग्रह गरिएको छ।

बाढीले अस्थायी सडक र डाइभर्सन बगाउँदा राजमार्ग दुई दिन बन्द भएको थियो। पानीको सतह घटेपछि अस्थायी रूपमा सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।

रोशी क्षेत्रका विभिन्न स्थानमा करिब ४ किलोमिटर सडकमा क्षति पुगेको थियो। सडक विभाग, प्रहरी र स्थानीयको सहयोगमा अस्थायी डाइभर्सन बनाएर यातायात सुचारु गरिएको हो।

यसअघि पनि बाढीपहिरोका कारण सो सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएकाले खोलाबाटै अस्थायी मार्ग प्रयोग हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *