काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्ट्सका लागि नेपालका आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ल्युब आयलले ललितपुरको ढाकाढोलस्थित स्टार अटो पार्ट्समा टोटल क्वार्ट्ज अटो सर्भिसेज (TQAS) को नयाँ आउटलेट स्थापना गरेको छ।
यो पहल नेपालमा सर्टिफाइड अटोमोटिभ सर्भिस सुविधा विस्तार गर्ने उद्देश्यका साथ गरिएको कम्पनीले जनाएको छ।
उद्घाटन कार्यक्रममा टोटल इनर्जिज र लक्ष्मी ग्रुपका वरिष्ठ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
टोटल इनर्जिज मार्केटिङ इन्डियाका सीईओ तथा एक्जिक्युटिभ डाइरेक्टर विकेन नजारियानले आउटलेट उद्घाटन गर्दै यस सेवाले सवारीधनीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार जेन्युइन लुब्रिकेन्ट र व्यावसायिक मर्मत सेवा प्रदान गर्ने बताए।
कार्यक्रममा कम्पनीका अन्य प्रतिनिधिहरुले पनि यस्ता सर्टिफाइड सर्भिस केन्द्रहरूले सही लुब्रिकेन्ट प्रयोग बढाउने, इन्जिन सुरक्षा सुधार गर्ने र नक्कली उत्पादनको प्रयोग घटाउन सहयोग गर्ने उल्लेख गरे।
नयाँ आउटलेटमा टोटल क्वार्ट्ज इन्जिन आयलमार्फत मापदण्डअनुसार आयल परिवर्तन, मल्टि–पोइन्ट सवारी परीक्षण तथा प्रशिक्षित प्राविधिकबाट मर्मत सेवा उपलब्ध हुनेछ।
कम्पनीका अनुसार यस्तो सञ्जाल विस्तारले नेपालको अटोमोटिभ सर्भिसको गुणस्तर सुधार, सवारीको आयु वृद्धि र उपभोक्ता विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
Post Views: 94