Skip to content
भक्तपुर जिल्लामा पर्ने पलाँसे–तारकेश्वर सडकखण्ड स्तरोन्नति गर्ने काम सुरु गरिएको छ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक निर्माण र स्तरोन्नतिका लागि करिब ३० करोड रुपैयाँ बजेट व्यवस्था गरेको जनाएको छ।
यो सडकले सूर्यविनायक नगरपालिका वडा नं. ८ र ९ हुँदै सूर्यविनायक चक्रपथसँग जोडिने भएकाले स्थानीय आवागमन अझ सहज हुने अपेक्षा गरिएको छ।
पलाँसेबाट सुरु हुने यो सडक काँक्राबारी, आशापुरी, नैचाल, रानीकोट र घ्याम्पेडाँडा हुँदै तारकेश्वरसम्म पुग्नेछ।
यस परियोजनाअन्तर्गत सडकलाई स्तरोन्नति गरेर कालोपत्र गर्ने योजना पनि बनाइएको छ।
सडक निर्माण सम्पन्न भएपछि ग्रामीण क्षेत्रका कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सजिलो हुने विश्वास गरिएको छ।
त्यसैगरी, रानीकोट र घ्याम्पेडाँडाजस्ता पर्यटकीय क्षेत्रसम्म पुग्न सहज भएपछि पर्यटन व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ।
यो सडक निर्माण भएपछि सूर्यविनायक नगरभित्र रहेका शिव मन्दिरहरू जोड्ने ‘शिव सर्किट’ मा जानआउन पनि सहज हुने बताइएको छ।
स्थानीयवासीले सडक स्तरोन्नतिले यातायात सुविधा बढ्ने, आर्थिक गतिविधि बढ्ने र क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
Post Views: 113