विद्युतीय बस बिक्री सम्झौता

चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यानचेरी वान्डा बस नेपालमा बिक्री गर्न शशिला मोटर्स र ओम्नी (काबरा) ग्रुपबीच सहकार्य भएको छ।

यस सम्झौताअनुसार अब ओम्नी (काबरा) ग्रुपले यी विद्युतीय सवारीसाधनलाई देशभर आधिकारिक रूपमा बिक्री तथा वितरण गर्ने जिम्मा लिनेछ।

नेपालको अटो बजारमा विद्युतीय सवारीको प्रयोग बढ्दै गइरहेको अवस्थामा दुई कम्पनीबीचको यो साझेदारीलाई बजार विस्तारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

कमर्सियल सवारी बिक्रीमा अनुभव भएको शशिला मोटर्स विद्युतीय सवारीसाधनको क्षेत्रमा सक्रिय कम्पनी मानिन्छ।

ओम्नी (काबरा) ग्रुप भने करिब ३५ वर्षदेखि व्यवसायिक सवारीसाधनको बिक्री तथा सेवा क्षेत्रमा संलग्न रहँदै आएको कम्पनी हो।

शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले यस सहकार्यले नेपालमा विद्युतीय कमर्सियल सवारीको प्रयोग बढाउन र ग्राहकलाई गुणस्तरीय सेवा दिन मद्दत पुग्ने बताए।

ओम्नी समूहका निर्देशक उदयन काबराले पनि यो साझेदारीले बजारको मागअनुसार प्रभावकारी, भरपर्दो र दिगो यातायात सेवा विस्तार गर्न सहयोग गर्ने बताएका छन्।

यस सहकार्यसँगै बिक्री नेटवर्क, सर्भिस सुविधा र ग्राहक सेवालाई अझ सुदृढ बनाउँदै विद्युतीय सवारीको पहुँच देशभर फैलाउने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *