बाग्मती–निजगढ–पथलैया सडक विस्तार योजनाका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाइएको छ। यसका लागि ८ वटा संयुक्त (जेभी) कम्पनीलाई सर्टलिस्ट गरिएको छ।
यी कम्पनीहरूमा नेपाली कम्पनीसँग मिलेर भारत, दक्षिण कोरिया, स्वीट्जरल्यान्ड, अमेरिका र इटालीका कम्पनीहरूले आवेदन दिएका छन्।
अब आर्थिक प्रस्तावका आधारमा कम लागत प्रस्ताव गर्ने कम्पनीलाई परामर्शदाता रूपमा छनोट गरिनेछ।
आवेदन दिने समूहमा विभिन्न अन्तर्राष्ट्रिय र नेपाली कम्पनीहरूको संयुक्त टोली सहभागी छन्। उनीहरूले सडक विस्तार योजनामा अध्ययन, डिजाइन र प्राविधिक परामर्श सेवा दिने प्रस्ताव पेश गरेका छन्।
यस योजनाले बाग्मतीदेखि पथलैयासम्मको सडक सुधार र विस्तार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।