Skip to content
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ राम्रो मत पाएपछि समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गरेको देखिएको छ।
मतगणना अन्तिम चरणमा पुगेको छ।
बिहान ७ बजेसम्म समानुपातिकतर्फ एक करोड ७ लाख ३० हजार ५५१ मत गणना भइसकेको छ।
निर्वाचन आयोगका अनुसार आजै समानुपातिकतर्फको मतगणना सकिने अपेक्षा गरिएको छ।
हालसम्म रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ।
यो गणना भएको कुल मतको करिब ४७.९ प्रतिशत हो।
दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ।
कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत अर्थात् १६.३ प्रतिशत मत पाएको छ।
तेस्रो स्थानमा नेकपा एमाले रहेको छ।
एमालेले १४ लाख ४८ हजार ३७८ मत अर्थात् १३.५ प्रतिशत मत प्राप्त गरेको छ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीले ८ लाख ३ हजार ६२७ मत अर्थात् ७.५ प्रतिशत मत पाएको छ।
श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत अर्थात् ३.५ प्रतिशत मत पाएको छ।
त्यस्तै राप्रपाले ३ लाख २९ हजार ४८७ मत अर्थात् ३.१ प्रतिशत मत प्राप्त गरेको छ।
समानुपातिकतर्फ कुल खसेको मत भने एक करोड ९ लाख ७७ हजार ७११ रहेको जनाइएको छ।
Post Views: 67