स्क्र्याम्बलर 400 XC सार्वजनिक

काठमाडौं, फागुन – Triumph Motorcycles नेपालको आधिकारिक वितरकले नयाँ Triumph Scrambler 400 XC नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

फाल्गुन १५ गते नक्सालस्थित Biker’s Café मा आयोजित कार्यक्रममा सञ्चारकर्मी, सेलिब्रेटी तथा ट्रायम्फका राइडरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम Hansraj Hulaschand & Company Pvt. Ltd. द्वारा आयोजना गरिएको हो।

दैनिक प्रयोग र एड्भेन्चर रुचाउने राइडरहरूलाई लक्षित गरी तयार गरिएको स्क्र्याम्बलर 400 XC उत्कृष्ट अफ–रोड क्षमता र गुणस्तरीय निर्माणसहित बजारमा ल्याइएको छ।

नेपालका शहरदेखि पहाडी तथा दुर्गम क्षेत्रसम्म सहज रूपमा चलाउन मिल्ने गरी यो मोटरसाइकल डिजाइन गरिएको कम्पनीले जनाएको छ।

यस मोटरसाइकलको प्रारम्भिक मूल्य रु. ७,९९,९०० तोकिएको छ।

फाल्गुन महिनादेखि देशभरका आधिकारिक डिलरमार्फत बिक्री सुरु भएको छ भने प्रि–बुकिङ पनि खुला गरिएको छ।

ट्रायम्फ मोटरसाइकल्स नेपालका म्यानेजर सागर थापाले नेपालको विविध भू–भागलाई ध्यानमा राखेर यो मोडल ल्याइएको बताउँदै यसले अन–रोड र अफ–रोड दुवै अवस्थामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

रेट्रो डिजाइन, प्रिमियम फिनिसिङ र एड्भेन्चर केन्द्रित सुविधासहित स्क्र्याम्बलर 400 XC ले नेपालमा मिड–क्यापासिटी एड्भेन्चर सेग्मेन्टलाई थप प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

थप जानकारीका लागि नजिकको ट्रायम्फको आधिकारिक शोरुममा सम्पर्क गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *