ह्युन्डाईको फिफा टेस्ट ड्राइभ

नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले “ह्युन्डाई x फिफा विश्वकप २०२६™ टेस्ट ड्राइभ अभियान” सुरु गरेको छ।

फिफा विश्वकप २०२६™ सँग ह्युन्डाईको विश्वव्यापी साझेदारीको अवसर पारेर यो अभियान ल्याइएको हो।

यो अभियान अप्रिल २०२६ सम्म चल्नेछ।

नेपालभरका कुनै पनि ह्युन्डाई शोरुममा गएर कुनै पनि ह्युन्डाई गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकले अमेरिका, क्यानडा वा मेक्सिको मध्ये कुनै एक आयोजक देशमा गएर फिफा विश्वकप २०२६™ को खेल प्रत्यक्ष हेर्ने अवसर जित्न सक्नेछन्।

कम्पनीका अनुसार भाग्यशाली विजेताले यो अनुभव एक जना सहयात्रीसँग पनि साझा गर्न पाउनेछन्।

साथै, ग्राहकले टेस्ट ड्राइभमार्फत ह्युन्डाई गाडीको आराम, उन्नत प्रविधि र प्रदर्शन प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

अभियान अवधिमा गाडी बुक गर्ने ग्राहकलाई विशेष लाभ पनि उपलब्ध गराइने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *