तिनाउमा टिपर–बाइक ठक्कर

तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटना आज भएको हो।

प्रहरीका अनुसार बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु२ख १८८३ नम्बरको टिपर एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक गुल्मी कालीगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की र पहिचान नखुलेकी एक महिला गम्भीर घाइते भएका थिए।

दुवैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *