तिनाउमा टिपर–बाइक ठक्कर

तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटना आज भएको हो।

प्रहरीका अनुसार बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु२ख १८८३ नम्बरको टिपर एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक गुल्मी कालीगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्कीपहिचान नखुलेकी एक महिला गम्भीर घाइते भएका थिए।

दुवैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *