स्कोडा कायलाक नेपालमा सार्वजनिक

स्कोडा नेपालले बहुप्रतीक्षित स्कोडा कायलाक एसयुभी आज औपचारिक रूपमा सार्वजनिक गरेको छ।

चन्द्रागिरि हिल्समा आयोजना गरिएको लन्च कार्यक्रममा कम्पनीको नेतृत्व, व्यावसायिक साझेदार, इन्फ्लुएन्सर र सञ्चारकर्मीहरू सहभागी थिए, जसले नेपालमा यस मोडलप्रति देखिएको उत्साह झल्काएको थियो।

कार्यक्रमको उद्घाटन एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालएमएडब्लू एक्सपान्ज प्रा. लि. का कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा गर्नुभयो।

उहाँहरूले कायलाकलाई सहर, हाइवे र पहाडी सडकका लागि उपयुक्त एसयुभीका रूपमा प्रस्तुत गर्दै यसको वास्तविक नेपाली सडकअनुकूल क्षमता प्रकाश पार्नुभयो।

स्कोडा कायलाकले सहरमा सहज प्रयोग, हाइवेमा आरामदायी यात्रा र पहाडी सडकमा आत्मविश्वासपूर्ण प्रदर्शन प्रदान गर्छ।

यो १७८ Nm टर्क र ११५ bhp पावर दिने टर्बोचार्ज्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित छ।

यसको सन्तुलित पावर डेलिभरीले उकालो, ग्राभेल र अन्य चुनौतीपूर्ण सतहमा नियन्त्रणसहितको ड्राइभिङ सुनिश्चित गर्छ।

कायलाकको मूल्य ने.रू. ४५.९० लाखदेखि सुरु हुन्छ भने अटोमेटिक भेरियन्ट ने.रू. ५२.९० लाखदेखि उपलब्ध छ।

अटोमेटिक भेरियन्टले ट्राफिक र उकालोमा रोक्दा-चलाउँदा पनि स्मूथ र शक्तिशाली अनुभव दिन्छ।

यो एसयुभी स्कोडाको फाइभस्टार सुरक्षा इन्जिनियरिङमा आधारित छ र युरो NCAP तथा भारत NCAP जस्ता क्र्यास टेस्टमा फाइभस्टार सुरक्षा रेटिङ प्राप्त गरिसकेको छ।

कायलाकलाई मनाङ, ढोरपाटन र ३,७५६ मिटर उचाइमा रहेको तीनजुरे जस्ता चुनौतीपूर्ण भू–भागमा परीक्षण गरिएको छ।

भारतमा पहिलो वर्षमै ५०,००० भन्दा बढी युनिट बिक्री भएका कायलाकले “कार अफ द इयर २०२५” लगायत विभिन्न सम्मान पनि पाइसकेको छ।

कार्यक्रममा विष्णु अग्रवालले भन्नुभयो, “कायलाक हरेक उकालोमा आत्मविश्वास र हरेक सडकमा नियन्त्रण दिने गाडी हो, जसको पावर नेपालको अनिश्चित सडकमा पूर्ण रूपमा उपयोग गर्न सकिन्छ।”

रौनक अग्रवालले थप्नुभयो, “कायलाकले प्रिमियम इन्जिनियरिङ, दमदार प्रदर्शन र किफायती मर्मतसम्भारको अनुभव सहरदेखि पहाडसम्म प्रदान गर्छ।”

स्कोडा नेपालले नेपाली बजारमा आधुनिक युरोपियन डिजाइन, उन्नत प्रविधि र भरपर्दो प्रदर्शनसहित सवारीसाधन उपलब्ध गराउँदै आएको छ।

कम्पनीको देशव्यापी शोरुम र सर्भिस नेटवर्कले ग्राहकसम्म विश्वस्तरीय मोबिलिटी समाधान पुर्‍याइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *