दराज ११.११: १ रुपैयाँमा स्कुटर

ललितपुर हरिसिद्धीकी आश्मा दाहाल दराज नेपालको ११.११ अभियान अन्तर्गत सञ्चालन गरिएको ‘१ रुपैयाँ डिल’ बाट एथर रिज्टा इलेक्ट्रिक स्कुटर जित्दै ग्राण्ड प्राइज विजेता बनेकी छन्।

दराजको ११.११ “द बिगेस्ट सेल अफ दि इयर” अभियान नोभेम्बर १० को साँझ ८ बजेदेखि नोभेम्बर २१ सम्म चलेको थियो। ग्राहकको ठूलो सहभागितापछि यो अभियान नोभेम्बर ३० सम्म थप विस्तार गरिएको थियो।

अभियानको नियमअनुसार, १ रुपैयाँ डिलका सामग्रीहरू सफलतापूर्वक अर्डर गर्नु, धेरै अर्डर डेलिभर पूरा गर्नु र कम्तीमा १०,००० रुपैयाँ खरिद मापदण्ड पूरा गरेपछि आश्मा दाहाल ग्राण्ड प्राइजका लागि छनोट भएकी थिइन्।

ग्राण्ड प्राइजका रूपमा दिइएको एथर रिज्टा स्कुटर परिवारमैत्री डिजाइन, स्मार्ट फिचर, सुरक्षा प्रणाली र सहज राइडिङ अनुभवका कारण लोकप्रिय मानिन्छ।

यससँगै दराजले ११.११ अवधिमा भएका अन्य उपहार योजनाका विजेताहरू पनि सार्वजनिक गरेको छ।

राजविराजका सुवास विश्वकर्मा ले थाइल्याण्ड यात्रा, काठमाडौंकी निकिता श्रेष्ठ ले होटल बसाइ, र अन्य केही विजेताहरूले यती × रुपाकोटको बसाइ प्याकेज जितेका छन्।

दराज नेपालका प्रवक्ताले ११.११ अभियानले ग्राहकलाई छुट मात्र नभई विशेष अनुभव र मूल्य दिने दराजको प्रतिबद्धता पुनः प्रमाणित गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *