Skip to content
विश्वकै नम्बर-१ इलेक्ट्रिक स्कुटर ब्रान्ड याडिया (Yadea) को नयाँ शोरूम काठमाडौंको बालाजुस्थित गोरखा प्यालेसमा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल (Kuzu Nepal) अन्तर्गत अटो नेपाल ट्रेडले यो शोरूम सञ्चालनमा ल्याएको हो।

शोरूमको उद्घाटन गर्दै प्रोप्राइटर अनिर मास्केले बलाजु क्षेत्रमा वातावरणमैत्री र अत्याधुनिक इलेक्ट्रिक सवारीको पहुँच बढाउने लक्ष्य रहेको बताउनुभयो।
यहाँ याडियाका लोकप्रिय मोडेलहरू Velax, Owin र e8s Pro उपलब्ध छन्।
विशेष अफर र सुविधा:
-
नगद छुट: शोरूम उद्घाटनको अवसरमा एक हप्तासम्म ग्राहकका लागि रु. १०,००० थप नगद छुटको व्यवस्था गरिएको छ।
-
एक्सचेन्ज क्याम्प: ग्राहकले पुराना कुनै पनि दुई पाङ्ग्रे सवारी साधन साटेर नयाँ स्कुटर लैजान सक्नेछन्।
-
अतिरिक्त मूल्याङ्कन: एक्सचेन्ज गर्दा सवारीको उचित मूल्यका साथै थप रु. १०,००० मूल्याङ्कन सुविधा समेत दिइएको छ।
Post Views: 157