अग्यौलीमा तीन मोटरसाइकल ठोक्किए

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१४ अग्यौलीमा भित्री सडक खण्डमा गएराति तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरीका अनुसार दुर्घटनामा ग प्र ०४–००१ प ८५९२ नम्बरको मोटरसाइकल चालक देवचुली–१७ का २८ वर्षीय ओमप्रकाश खोजवार गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उनको मृत्यु भएको हो।

दुर्घटनामा अर्को मोटरसाइकलमा पछाडि सवार कावासोती–१७ गोछाडाकी ४४ वर्षीया प्रमेश्वरी महतो र उनका ४ वर्षीय छोरा जेसन महतो घाइते भएका छन्।

प्रहरीले दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *