बेनी–जोमसोम सडकमा पहिरो रोकथाम

चीन र भारत जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा अब पहिरो रोकथामका लागि ठूलो काम सुरु भएको छ।

सडकमा बारम्बार पहिरो र नदी कटानका कारण यातायातमा समस्या हुँदै आएकोले २५ करोड रुपैयाँ लागतको रोकथाम योजना सञ्चालनमा ल्याइएको हो।

बेनी–जोमसोम सडक योजना कार्यालयले विभिन्न खण्डमा रक एंकरिङ, पर्खाल, बायो इन्जिनियरिङ र थिडिमेस जस्ता प्रविधि प्रयोग गरी पहिरो नियन्त्रण र सडक विस्तार गरिरहेको सबइन्जिनियर बहादुर शाहले बताए।

अन्नपूर्ण गाउँपालिका लगायतका क्षेत्रमा ठेक्का सम्झौता भएका निर्माण कम्पनीहरूले पहिरो रोक्न काम थालेका छन्।

केही ठाउँमा ढलान सकिएको तथा लाटोखोलामा सडक फराकिलो बनाउने कार्य अन्तिम चरणमा पुगेको छ।

स्थानीयले पहिरो नियन्त्रण भएपछि सडकबाट गाडी आवतजावतमा सहजता ल्याउने र जोखिममा परेको बस्ती तथा संरचनाको संरक्षण हुने अपेक्षा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *