नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ हिजो काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। प्रदर्शनी माघ २५ गतेसम्म चल्नेछ।
यस प्रदर्शनीमा ३०० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डले भाग लिएका छन् र २०० भन्दा बढी स्टलमार्फत निर्माण क्षेत्रसँग सम्बन्धित नवीनतम प्रविधि, सामग्री र सेवाहरू प्रदर्शनीमा राखिएका छन्।
प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टाइल्स, सेनेटरी वेयर, मोड्युलर किचन, रूफिङ, लिफ्ट, ढोका–झ्याल, ग्लास, प्लम्बिङ सामग्री, सिमेन्ट, स्टिल लगायत सम्पूर्ण निर्माण सामग्री तथा सेवाहरू समेटिएका छन्।
निर्माण व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, आर्किटेक्ट, इन्जिनियर, डिजाइनर र घर निर्माण योजना बनाइरहेका व्यक्तिहरूका लागि यो प्रदर्शनी अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ।
मुख्य प्रायोजक: फ्लाइबर्ड इन्टेरियर | पावर बाई: लुम्बिनी सेरामिक्स – लेमिनार टाइल्स।