नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका रेखा थापाले जेइको जे६ अफरोड ईभी खरिद गरेकी छन्।
नेपालका लागि ओमोडा तथा जेइको ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र भाइस प्रेसिडेन्ट रुपेश शर्मा भट्टले थापालाई औपचारिक रूपमा उक्त ईभी हस्तान्तरण गरेका हुन्।
सवारीसाधन हस्तान्तरणका क्रममा नायिका थापाले जेइको जे६ मा रहेका अत्याधुनिक फिचरहरू आफूलाई मन परेको बताइन्।
वातावरणमैत्री सवारीसाधन प्रयोग गर्ने चाहनाअनुसार आफूले यो ईभी रोजेको उनको भनाइ थियो।
जेइको जे६ अफरोड र अनरोड दुवै प्रकारका सडकमा सहज रूपमा चलाउन सकिने बनाइएको छ।
यसमा ६९.८ किलोवाट आवर क्षमताको CATL ब्याट्री प्याक र १३५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ।
एकपटक पूर्ण चार्ज गर्दा यो ईभीले ४०० किलोमिटरभन्दा बढी WLTP रेन्ज दिने कम्पनीको दाबी छ।
अत्याधुनिक प्रविधि र सुविधाले सुसज्जित जेइको जे६ मा आकर्षक इन्टेरियर, ठूलो टचस्क्रिन, प्रशस्त भित्री स्पेस तथा उच्च ग्राउन्ड क्लियरेन्स जस्ता फिचरहरू उपलब्ध छन्।
नेपालमा जेइको जे६ अफरोड ईभीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।