Skip to content
वीरगंज नाकाबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४५६ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।
यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ३३२ वटा बढी हो, जसले नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएको देखाउँछ।
यस अवधिमा विद्युतीय सवारी आयातबाट सरकारले ८७ करोड ८४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्षको यही समयमा भने केवल १२४ वटा विद्युतीय सवारी आयात भएका थिए र त्यसबाट करिब २४ करोड २९ लाख रुपैयाँ राजस्व उठेको थियो।
विद्युतीय सवारीको आयात उल्लेखनीय रूपमा बढ्दै जाँदा पेट्रोल र डिजेल चल्ने सवारीसाधनको आयात भने घट्दै गएको भन्सार कार्यालयले जनाएको छ।
यसले वातावरणमैत्री सवारीतर्फ बजार क्रमशः मोडिँदै गएको संकेत गर्छ।
Post Views: 134