पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनको वनभोज कार्यक्रम सम्पन्न

–  दिपेन्द्र कोइराला, अध्यक्ष

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (गण्डकी)

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (गण्डकी) द्वारा आयोजित पारिवारिक वनभोज कार्यक्रम केवल एउटा औपचारिक जमघट मात्र रहेन, यो त आपसी माया, आत्मीयता, विश्वास र सहकार्यको अनुपम संगम बन्यो ।

हाँसो, खुशी, अपनत्व र पारिवारिक न्यानोपनले भरिएको यो दिन हाम्रो संस्थाको इतिहासमा सधैँ स्मरणीय रहनेछ भन्ने विश्वास लिएको छु ।

उक्त गरिमामय अवसरमा प्रमुख अतिथिका रूपमा उपस्थित भई कार्यक्रमलाई गौरव र गरिमा प्रदान गर्नु भएका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सी. प्रति अध्यक्षको तर्फबाट हार्दिक कृतज्ञता अर्पण गर्दछु ।

वहाँको प्रेरणादायी उपस्थिति र आत्मीय व्यवहारले सम्पूर्ण कार्यक्रममा विशेष ऊर्जा र सम्मान थपिएको अनुभूति सबैले गरेका छौँ ।

यसैगरी विशेष अतिथिका रूपमा उपस्थित भई संस्थाप्रति सदैव अभिभावकत्व प्रदान गर्नु हुने नाडाका पूर्व अध्यक्ष एवं संस्थाका पूर्व अध्यक्ष आदरणीय ध्रुव थापा ज्यू तथा मल्टिपल काउन्सिल चेयरपर्सन आदरणीय लायन मिलन थापा ज्यू प्रति म हृदयदेखि नै नतमस्तक हुँदै धन्यवाद ज्ञापन गर्दछु ।

वहाँहरूको अनुभवी मार्गदर्शन, आत्मीय उपस्थिति र प्रेरक शब्दहरूले हामीलाई अझ जिम्मेवार र एकताबद्ध बनाएको छ ।

कार्यक्रम सञ्चालनलाई शालीन, सुसंस्कृत र जीवन्त बनाइदिनु भएका संस्थाका सचिव दिपेन्द्र भण्डारी ज्यू प्रति विशेष आभार प्रकट गर्दछु । वहाँको वाणी, संयम र समर्पणले कार्यक्रमलाई सुन्दर लयमा बाँधेर सबैका मन छुने बनाएको छ ।

त्यसैगरी, कार्यक्रमको समग्र योजना, संयोजन र व्यवस्थापनमा अथक परिश्रम गर्नु भएका कार्यसमिति सदस्य प्रतीक सुवेदी ज्यू प्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

पर्दा पछाडिको उहाँको निःस्वार्थ मेहनत बिना यो कार्यक्रम यति भव्य र सफल बन्ने थिएन ।

संस्थाका निवर्तमान अध्यक्ष कृष्ण श्रेष्ठ ज्यू, अग्रज पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, सम्पूर्ण सदस्यज्यूहरू तथा स्नेहिल परिवारजनहरूको उल्लासपूर्ण, प्रेमिल र आत्मीय उपस्थितिले यस कार्यक्रमलाई साँच्चिकै पारिवारिक उत्सवमा रूपान्तरण गरेको छ ।

विभिन्न रमणीय खेलकुद तथा गतिविधिहरूले हामीबीचको दूरी मेटाई मनदेखि मन जोड्ने सेतुको काम गरेको अनुभूति भएको छ ।

यो सुन्दर दिनले हामीलाई एउटा गहिरो सन्देश दिएको छ, संस्था मन, माया र आपसी विश्वासले बलियो बन्छ ।

त्यही विश्वास, आत्मीयता र सहकार्यको जगमा हाम्रो संस्था अझ उचाइतर्फ अघि बढ्नेछ भन्ने पूर्ण भरोसा लिएको छु ।

यस कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनु हुने प्रत्येक हात, प्रत्येक मन र प्रत्येक भावनाप्रति अध्यक्षको तर्फबाट हृदयदेखि नै धन्यवाद अर्पण गर्दछु ।

अन्त्यमा, सम्पूर्ण उपस्थित महानुभावहरूमा सुस्वास्थ्य, दीर्घायु, पारिवारिक सुख–शान्ति तथा निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै, आगामी दिनहरूमा पनि यस्तै माया, साथ र सहकार्यको अपेक्षा गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *