निर्वाचनका लागि भारतको सहयोग

भारतले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई सहयोगस्वरूप गाडी उपलब्ध गराएको छ।

यसअन्तर्गत हालसम्म ६१ वटा गाडी हस्तान्तरण भइसकेका छन् भने थप ५४ वटा गाडी नेपाल आइपुगेका छन्।

भारतले कुल करिब ६५० साना तथा ठूला गाडी उपलब्ध गराउने जनाएको छ।

यी गाडीहरू निर्वाचनको व्यवस्थापनका लागि सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगले प्रयोग गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *