भृकुटीमण्डपमा बजाज कार्निभल सुरु

काठमाडौंको भृकुटीमण्डपमा बजाजको ‘नेक्स्ट जेन महाएक्सचेन्ज कार्निभल’ सुरु भएको छ।

यस कार्निभलमा ग्राहकहरूले बजाजका नयाँ मोटरसाइकलहरू विशेष अफर र छुटसहित खरिद गर्न सक्नेछन्।

कार्यक्रममा नयाँ बजाज पल्सर 220F FI BS6 मोटरसाइकल सार्वजनिक गरिएको छ।

यस बाइकमा फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन प्रविधि, एबीएस, नयाँ डिजाइन र ग्राफिक्स समावेश गरिएको छ।

यसको सुरुवाती मूल्य रु ४ लाख ३९ हजार ९ सय तोकिएको छ।

कार्निभलमा ग्राहकहरूले पुरानो बाइक साटेर नयाँ बाइक किन्न, सजिलो फाइनान्स सुविधा, अन–द–स्पट लोन, निःशुल्क एक्सेसरिजउचित भ्यालुएसन अफर पाउनेछन्।

कम्पनीका अनुसार पुरानो बाइकको मूल्यांकन बजार मूल्यभन्दा राम्रो गरिनेछ।

पाँच वर्षसम्मको वारेन्टी र सहज फाइनान्स सुविधासहित यो कार्निभलले बजाज बाइक किन्न चाहने ग्राहकहरूलाई एकै ठाउँमा सबै सुविधा उपलब्ध गराउने कम्पनीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *