देशभर महिन्द्रा केयरफेस्ट सुरु

चितवन – अग्नि ग्रुपअन्तर्गतको कुरिनटार शाखाले महिन्द्राका सवारीधनीहरूका लागि वार्षिक विशेष सर्भिस क्याम्प ‘महिन्द्रा केयरफेस्ट २०८२ : सर्भिस उत्कृष्ट, गाडी चिटिक्क’ माघ ९ गतेदेखि औपचारिक रूपमा सुरु गरेको छ।

यो कार्यक्रम माघ १४ गतेसम्म सञ्चालन हुनेछ र ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै शनिबार पनि सेवा उपलब्ध हुनेछ।

देशभर ५३ भन्दा बढी शाखा, डिलर र वर्कसपहरूमा एकसाथ सञ्चालन भइरहेको यस क्याम्पमा महिन्द्राद्वारा प्रमाणित दक्ष प्राविधिकहरूले जेन्युन स्पेयर पार्ट्स र आधुनिक उपकरण प्रयोग गरी सवारीसाधनको सर्भिसिङ गर्नेछन्।

केयरफेस्टका प्रमुख सुविधा:

  • निःशुल्क ४५–पोइन्ट चेकअप, जनरल लेबर चार्ज र कम्प्युटराइज्ड डायग्नोसिस

  • कम्प्युटराइज्ड ह्विल अलाइनमेन्टमा ५०% छुट

  • जेन्युन एक्सेसरिजमा ५०% सम्म छुट

  • ए.सी. चार्जिङमा २०% छुट

  • जेन्युन स्पेयर पार्ट्स र ल्युब्रिकेन्ट्समा १०% छुट

  • हरेक सर्भिसमा आकर्षक उपहार, निःशुल्क स्वास्थ्य जाँच, १०% एक्सटेन्डेड डिस्काउन्ट कुपन र क्यासलेस इन्स्योरेन्स सेवा

सबैभन्दा आकर्षक बम्पर उपहारमा एक विजेताले ‘बिगस C-12 इलेक्ट्रिक स्कुटर’ जित्ने अवसर पाउनेछन्।

कम्पनीले ग्राहकसँगको सम्बन्ध बलियो बनाउन र सवारीसाधन उत्कृष्ट अवस्थामा राख्न सबै महिन्द्रा सवारीधनीलाई सहभागिताका लागि आग्रह गरेको छ।

ग्राहकहरूले महिन्द्रा एम–ट्र्याक एप मार्फत अग्रिम बुकिङ गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *