डोङ्गफेङ्ग DFSK को शोरुमको चितवनमा

डोङफेङ अटोमोबाइल्स कम्पनी (DFSK) को नेपालका लागि आधिकारिक विक्रेता त्रिवेणी मोटरकर्प अन्तर्गत चितवन तथा नवलपुरको एकमात्र आधिकारिक विक्रेता व्रान्डेड अटोमोबाइल्स प्रालीको भरतपुर ९ स्थित आस्थाचोकमा नयाँ शोरुमको भव्य उद्घाटन सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी सुबेदी, उवासंघका पदाधिकारी र त्रीबेणी मोटोकर्प प्रालीका बिजिनेस हेड सुरज भट्टराइ लगायतले शोरुमको उद्ध्घाटन गरेका हुन ।

उद्धघाटनपछि बोल्दै सुवेदीले चितवनको बजारमा इभी गाडीको आकर्षण बढ्दै गएको बताए ।

डोङ्गफेङ्ग गाडी चिनीया बजारमा लोकप्रिय गाडी रहेको र नेपालमा पनि यो गाडी अत्यधिक रुचाइने उनले विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा बोल्दै त्रिवेणी मोटोकर्पका विजनेस हेड सुरज भट्टराइले यो कम्पनीको गाडी अन्य कम्पनीको गाडी भन्दा फरक र गुणस्तरीय सेवा दिने बताए ।

उनले शोरुमको उद्धघाटन संँगै व्यवसायिक विस्तार , गुणस्तर, विश्वास र उत्कृष्ट सेवाप्रतिको नयाँ प्रतिबद्धताको सुरुवातका रूपमा लिएको उल्लेख गरे।

उनले व्रान्डेड अटो मोबाइल्स प्राली. चितवन तथा नवलपुरको एकमात्र आधिकारिक डिलर्स नियुक्ति भएकोले आधिकारिक स्थानबाट मात्रै कारोबार गर्दा बिक्रिपछिको सेवा तथा वारेन्टिको लागि सुनिश्चिता हुने जानकारि गराउनु भयो ।

ब्राण्डेड अटोमोबाइल्स प्रा लि ले विगत १५ वर्षदेखि विभिन्न ब्रान्डका चारपांग्रे सवारी साधनको बिक्री तथा सेवासुविधा प्रदान गर्दै आएको जानकारी दिए।

उनले कम्पनीले हाल ११ सिटे, १४ सिटे र १६ सिटे गाडीको बिक्री शुरु गरेको र अन्य उत्पादनहरु पनि ल्याइने जानकारी दिए ।

कम्पनीले ग्राहकको चाहना, सुरक्षा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधियुक्त, भरपर्दा तथा उच्च गुणस्तरका सवारी साधन उपलब्ध गराउँदै आएको बताइएको छ।

साथै, उत्कृष्ट बिक्री सेवा, बिक्रीपछिको सेवा तथा ग्राहकमैत्री वातावरण प्रदान गर्न कम्पनी सदैव प्रतिबद्ध रहने पनि जनाएको छ।

कम्पनीले ग्राहकको चाहना, सुरक्षा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधियुक्त, भरपर्दा तथा उच्च गुणस्तरका सवारी साधन उपलब्ध गराउँदै आएको कम्पनीको भनाई छ।

साथै, उत्कृष्ट बिक्री सेवा, बिक्रीपछिको सेवा तथा ग्राहकमैत्री वातावरण प्रदान गर्न कम्पनी सदैव प्रतिबद्ध रहने पनि जनाएको छ।

समारोहमा कम्पनीको यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने शुभेच्छुक, कर्मचारी, साझेदार तथा परिवारजनप्रति आभार व्यक्त गरिएको थियो।

कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथिहरूलाई धन्यवाद दिँदै व्रान्डेड अटो मोबाइल्स प्रालीका अध्यक्ष इन्द्र रेग्मीले यो क्षेत्रमा आफ्नो डेढ दशक अनुभवसंँगै डोङ्गफेङ्गका गाडीहरु बिक्री शुरु गरिएको बताए ।

कार्यक्रममा चितवन उवासंघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली लगायतले मन्तव्य व्यक्त गरेका थिए । कम्पनीका बित्त निर्देशक सुनिता रेग्मीले स्वागत मन्तव्य गर्नुभएको थियो भने कार्यक्रम संचालन हिमालय प्रसाद दवाडीले संचालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *