हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया सडक खण्डमा पर्ने बाँकेको पिडारी नालामा पक्की कल्भर्ट निर्माणको काम सुरु भएको छ।
यस योजनाअन्तर्गत खजुरा गाउँपालिकास्थित उक्त स्थानमा चार लेनको ३४.४ मिटर लामो बहुकोष्ठ बक्स कल्भर्ट बनाइँदै छ।
सडक स्तरोन्नति र यातायात व्यवस्थापन सुधार गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना हुलाकी राजमार्गको महत्वपूर्ण पूर्वाधारमध्ये एक हो।
निर्माण कार्यका लागि नेपालगञ्जस्थित एक निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ।
आयोजनाको कुल लागत करिब ७ करोड ६० लाख रुपैयाँ रहेको छ।
सम्झौता २०८२ जेठमा भएको र २०८३ वैशाखभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कल्भर्टसँगै नदी नियन्त्रण र पहुँच सडक निर्माण पनि गरिनेछ।
यसले वर्षायाममा पिडारी नालामा आउने बाढीका कारण सडक अवरुद्ध हुने समस्याको दीर्घकालीन समाधान हुने अपेक्षा गरिएको छ।
स्थानीयवासीका अनुसार बाढीका बेला यात्रु र सवारीसाधनले जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो। निर्माण सम्पन्न भएपछि वर्षभर सुरक्षित र सहज यातायात सञ्चालन हुने विश्वास गरिएको छ।