एमएडब्लु वृद्धिले नेपालमा अत्याधुनिक विद्युतीय सवारी डीपल E07 ट्रान्सफर्मर X सार्वजनिक गर्ने तयारी गरेको छ।
गत वर्ष बटन थिचेर एसयूभीबाट पिकअपमा रूपान्तरण हुने विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ E07 भित्र्याएर चर्चा कमाएको कम्पनीले अब यसको अझ उन्नत संस्करण ल्याउन लागेको हो।
नयाँ ट्रान्सफर्मर X ले लक्जरी, स्मार्ट कम्फर्ट र क्षमताको नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरिएको छ।
यसमा जडान गरिएको एडभान्स्ड एयर सस्पेन्सन सिस्टम ले ‘म्याजिक कार्पेट’ जस्तो सहज ड्राइभिङ अनुभव दिनेछ।
कन्टिन्युअस ड्याम्पिङ कन्ट्रोल (CDC), अधिकतम २२३ मिमीसम्म समायोजन गर्न सकिने ग्राउन्ड क्लियरेन्स तथा फरक–फरक सडक अवस्थाका लागि छुट्टाछुट्टै ड्राइभिङ मोड उपलब्ध छन्, जसले नेपालका विविध सडकमा पनि स्थिर र आरामदायी यात्रा सुनिश्चित गर्छ।
यस ईभीमा चारै सिटमा मसाज, हिटेड र भेन्टिलेटेड सिट सुविधा उपलब्ध हुनेछ।
प्रिमियम नप्पा लेदर इन्टेरियर, १४–वे पावर एड्जस्टेबल अगाडिका सिट, मेमोरी फङ्सन र लामो यात्राका लागि तयार गरिएको ‘जिरो ग्राभिटी रिल्याक्सेसन मोड’ ले यात्रालाई झनै लक्जरी बनाउँछ।
पछाडिका यात्रुका लागि पनि छुट्टै सिट नियन्त्रण, हिटिङ–भेन्टिलेसन, सनसेड, एयर कन्डिसन र ट्रंक सञ्चालनको सुविधा दिइएको छ, जसले पछाडिको क्याबिनलाई समेत पूर्ण लक्जरी अनुभवमा रूपान्तरण गर्छ।
यी सबै विशेषतासँगै डीपल E07 ट्रान्सफर्मर X अहिलेसम्मकै सबैभन्दा उन्नत र प्रिमियम डीपल मोडेलको रूपमा नेपाली बजारमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।