नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग बढ्दै जाँदा खरिदकर्ताको प्राथमिकतामा पनि परिवर्तन देखिन थालेको छ।
पहिले ‘रेन्ज’ र ‘चार्जिङ’ मा मात्र केन्द्रित उपभोक्ता अहिले ड्राइभिङ अनुभव, सन्तुलन र कम्फर्टजस्ता पक्षतर्फ पनि आकर्षित हुन थालेका छन्।
यही क्रममा पछिल्लो समय रियर व्हील ड्राइभ (RWD) प्रविधि जडित ईभीप्रति नेपाली ग्राहकको चासो बढ्दो छ।
आरडब्लुडी प्रविधि भएका ईभीमा उत्कृष्ट ट्र्याक्सन, सन्तुलन र आरामदायी ड्राइभिङ अनुभव मिल्ने भएकाले नेपालको जस्तो उकाला–ओराला र घुमाउरो बाटोमा यो प्रविधि प्रभावकारी मानिन्छ।
यस प्रणालीमा मोटरको शक्ति पछिल्ला पाङ्ग्रामा केन्द्रित हुन्छ।
अगाडिका पाङ्ग्राले गाडी मोड्ने काम गर्छन् भने पछिल्ला पाङ्ग्राले गाडीलाई अघि धकेल्छन्।
यसले तौल सन्तुलन सुधार गर्दै सडकमा राम्रो पकड दिन्छ र चिप्लिने सम्भावना कम गर्छ।
पहिले विलासी र स्पोर्ट्स कारमा मात्र सीमित मानिने आरडब्लुडी प्रविधि अहिले नेपाली बजारमा पनि सहज रूपमा उपलब्ध हुन थालेको छ।
एमजीका एस५, एमजी ४, एमजी कोमेट र एमजी आईएम ६ जस्ता मोडेलमार्फत यो सुविधा नेपाली ईभी ग्राहकसम्म पुगेको छ।
नेपालको भौगोलिक विविधतालाई ध्यानमा राख्दा आरडब्लुडी प्रविधि जडित ईभीहरू नियन्त्रण, सन्तुलन र कम्फर्टका हिसाबले अझ उपयुक्त हुने बताइएको छ।
साथै, आरडब्लुडी ईभी खरिद गर्न चाहने ग्राहकका लागि ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ योजना अन्तर्गत आकर्षक अफर पनि ल्याइएको छ।
यस योजनाअन्तर्गत ग्राहकले सवारी खरिदमा अधिकतम ४ लाख रुपैयाँसम्म नगद लाभ प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी उत्कृष्ट मूल्यांकनसहित एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एक्सेसरी तथा तत्काल डेलिभरीको व्यवस्था पनि गरिएको छ।
यो अफर देशभरका एमजी शोरूमहरूमा उपलब्ध रहेको जनाइएको छ।