इथानोल विनियमावली बनाइने

नेपाल सरकारले पेट्रोलमा इथानोल (जैव इन्धन) मिसाउने अनुमति दिएको निर्णयपछि नेपाल आयल निगमले इथानोलको खरिद र गुणस्तर सुनिश्चित गर्न आवश्यक नियमावली तयार गर्ने तयारी थालेको छ।

यस अन्तर्गत निगमले इथानोल कसरी खरिद गर्ने, गुणस्तर मापदण्ड कसरि लागू गर्ने र आपूर्तिकर्तासँगको सम्झौता शर्त समेत निर्धारण गर्नेछ।

२०८१ मा निगमले पहिले नै मसौदा बनाएको थियो, तर स्वीकृति नपरेको कारण त्यो रोकिएको थियो।

अहिले नयाँ मापदण्ड अनुसार नियमावली तयार पार्ने प्रक्रिया अघि बढाइनेछ।

नियमावलीमा ढुवानी, गुणस्तर परीक्षण, स्टोरेज संरचना, र आपूर्तिकर्ताको जिम्मेवारी जस्ता प्रावधान समावेश गरिने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *