जीप दुर्घटनामा २ विद्यार्थीको मृत्यु

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर फर्किँदै गरेका विद्यार्थी बोकेको बोलेरो जीप रोल्पामा दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

दुर्घटना सुनछहरी गाउँपालिका वडा १ बाट वडा ४ स्युरी तर्फ जाँदै गर्दा भएको हो।

मृत्यु हुनेमा १२ वर्षीया दीपा पुन र १२ वर्षका सुनिल विक छन्। दुवै राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन्।

घाइतेमा ९ जना विद्यार्थी छन्, जसलाई रोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवलको लुम्बिनी सिटी अस्पताल पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *