ज्यागुअर ल्यान्डरोभरले फेरि इलेक्ट्रिक लग्जरी सेगमेन्टमा प्रवेश गर्ने योजना बनाएको छ।
कम्पनीले सन् २०२६ मा दुई वटा नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएको छ।
पहिलो गाडी रेन्ज रोभर इलेक्ट्रिक हुनेछ, जसले करिब ५३० किलोमिटर रेन्ज दिने अपेक्षा गरिएको छ र ८०० भोल्ट आर्किटेक्चरमा उत्पादन हुनेछ।
यसमा ११८ किलोवाट–घण्टा ब्याट्री प्याक हुनेछ।
दोस्रो मोडल ज्यागुअर इलेक्ट्रिक फोर–डोर GT हुनेछ, जसले ७०० किलोमिटर नजिकको रेन्ज उपलब्ध गराउने लक्ष्य राखेको छ र यसमा ११० किलोवाट–घण्टा ब्याट्री प्याक रहनेछ।
यी गाडीहरूले ज्यागुअरलाई फेरि इलेक्ट्रिक लग्जरी सेगमेन्टमा प्रतिष्पर्धी बनाउने लक्ष्य राखेको छ र यसले बेंटली, अडी तथा बीएमडब्ल्यू जस्ता ब्रान्डसँग प्रतिस्पर्धा बढाउने अनुमान गरिएको छ।