डोङफेङको नेपाल बजार समीक्षा

डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका अध्यक्ष वाङ लङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्दै डोङफेङको बजार अवस्था, सञ्चालन संरचना र समग्र उपस्थितिको समीक्षा गरेको छ।

भ्रमणको उद्देश्य नेपाली बजारमा डोङफेङको प्रदर्शन बुझ्नु, स्थानीय साझेदार तथा ग्राहकसँगको सहकार्यलाई अझ बलियो बनाउनु र भविष्यका सम्भावनाबारे अध्ययन गर्नु रहेको थियो।

टोलीले हाल भइरहेका बजार गतिविधि, पूर्वाधार अवस्था र आफ्टर–सेल्स सेवाको पनि मूल्याङ्कन गरेको छ।

प्रतिनिधिमण्डलले ग्राहक प्रतिक्रिया, बजार प्रवृत्ति र सञ्चालन दक्षताबारे जानकारी लिँदै ब्रान्डको उपस्थितिलाई अझ सशक्त बनाउने, ग्राहक अनुभव सुधार गर्ने र उत्पादन दायरा विस्तार गर्ने रणनीतिमाथि छलफल गरेको जनाएको छ।

भ्रमणकै क्रममा केही ग्राहकलाई सवारीसाधन हस्तान्तरण पनि गरिएको थियो।

डोङफेङ मोटरले आगामी दिनमा नेपालमा आफ्ना गतिविधि विस्तार गर्ने, स्थानीय साझेदारसँग सहकार्य बढाउने, सेवा गुणस्तर सुधार गर्ने र बढ्दो विद्युतीय सवारी बजारमा नयाँ अवसरहरू सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *