चितवन अटोमोबाइल्स कार्ययोजना गोष्ठी सम्पन्न

ऐतिहासिक रूपमा सम्पन्न चितवन अटोमोबाइल्स एशोसिएसनको दुई दिने (पुष ११/१२ गते) कार्ययोजना तर्जुमा गोष्ठी नाना जंगल रिसोर्ट, अमलटारी, नवलपुरमा भव्य रूपमा सम्पन्न भएको छ।

गोष्ठी संस्थाका अध्यक्ष मोहन के.सी.को अध्यक्षता, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका पूर्व अध्यक्ष कृष्ण प्रसाद दुलालको प्रमुख आतिथ्यता र निरज श्रेष्ठको प्रमुख स्रोत व्यक्तिको भूमिकामा सम्पन्न भयो।

विशिष्ट अतिथि पूर्व अध्यक्ष तथा सल्लाहकार समिति संयोजक पुष्पलाल श्रेष्ठ थिए।

साथै पूर्व अध्यक्ष तथा सल्लाहकार भिमलाल न्युरे, महसुर पिया, वालकृष्ण कंडेल, अमृत जोशी, सल्लाहकार भिम प्रसाद सुवेदी र मदन प्रधान, अतिथि विजन दुवाडी, संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न उपसमितिका संयोजक र सदस्यसहित ७६ जनाको सहभागिता रहेको थियो।

औपचारिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कृष्ण प्रसाद दुलालले गर्दै आफ्नो व्यवसायिक यात्राका संघर्ष र अटोमोबाइल्स क्षेत्रका अनुभव साझा गरी नयाँ व्यवसायीहरूलाई हौसला प्रदान गरे।

स्वागत मन्तव्य तथा कार्यक्रम जानकारी अध्यक्ष मोहन के.सी.ले प्रस्तुत गरे भने शुभकामना मन्तव्य पुष्पलाल श्रेष्ठले राखे। कार्यक्रमको सञ्चालन सचिव पूर्णभद्र सापकोटाले गरेका थिए।

स्रोत व्यक्ति निरज श्रेष्ठले आगामी दुई वर्षे कार्ययोजना तर्जुमा गोष्ठीका लागि सदस्यहरूलाई संस्थागत, व्यवसायिक र सामुदायिक गरी तीन समूहमा विभाजन गराई समस्याको पहिचान र समाधानका योजना तयार गराए।

संस्थाले गर्ने कार्यक्रमका मिति र स्थान तय गर्दै कार्यान्वयनका लागि लिपिबद्ध गर्ने काम सम्पन्न गरियो।

सांगीतिक साझसहित कार्यसमिति सदस्य विकास तिमिल्सिनाको संयोजनमा कार्यक्रम सम्पन्न भयो।

धन्यवाद ज्ञापनसहित दुई दिने कार्यक्रमको समापन प्रथम उपाध्यक्ष विवस पियाले गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *