नेपालमा इलेक्ट्रिक ह्वील लोडर आयो

पन्चकन्या ग्रुपले चिनियाँ एसडीएलजी ब्रान्डको विद्युतीय ह्वील लोडर पहिलोपटक नेपाल भित्र्याएको छ ।

यसलाई प्यासेन्जर कमर्शियल गाडीमार्फत आयात गरिएको हो ।

यो ह्वील लोडर पूर्वाधार निर्माण, क्रसर उद्योग, टनेल कामसडक निर्माण लगायतमा प्रयोग गर्न मिल्ने बताइएको छ ।

यसले इन्धनको सट्टा ब्याट्रीबाट चल्ने हुँदा इन्धन खर्च कम हुन्छ र ध्वनि तथा वायु प्रदूषण पनि हुँदैन

लोडरमा १८० किलोवाट-आवर लिथियम ब्याट्री प्रयोग गरिएको छ र यसले फुले चार्जमा करिब ५-६ घन्टा काम गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो मोडलको मूल्य १ करोड २५ लाख रुपैयाँ तोकिएको छ र अहिले पहिलो लटमा ८ वटा खपतका लागि ल्याइएको तथा केही युनिटका लागि बुकिङ चाँडै खुलिसकेको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *