अटो व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एसोसिएसनको ४९औँ साधारण सभा पुस ९ गते गर्ने तयारी भए पनि सो मितिमा सभा हुने–नहुने विषयमा अन्योल देखिएको छ।
कार्यसमितिले सभा मिति तय गरे पनि निर्वाचनसम्बन्धी प्रक्रिया अघि नबढेकाले केही सदस्यहरूले सभा रोक्न माग गर्दै प्रशासनमा निवेदन दिएका छन्।
निर्वाचनको तालिका सार्वजनिक नगरी साधारण सभा बोलाउनु विधानविपरीत भएको भन्दै एक पक्षले अदालतमा रिट दायर गरेको छ। यस विषयमा अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको बताइएको छ।
यसैबीच, नाडा नेतृत्वले आन्तरिक छलफलमार्फत विवाद समाधान गर्ने प्रयास भइरहेको र आवश्यक परे माथिल्लो निकायसँग पनि समन्वय गरिने जनाएको छ।