भारतीय बजारमा टाटा मोटर्सको नयाँ ‘सियरा’ एसयूभी प्रति धेरै आकर्षण देखिएको छ।
सार्वजनिक गर्नासाथै मात्र पहिलो दिनमै करिब ७० हजार युनिट बुकिङ प्राप्त भएको छ।
कम्पनीले बुकिङको लागि ग्राहकबाट भारु २५ हजार रुपैयाँ टोकन मनी लिएको थियो र १ लाख ३५ हजारभन्दा धेरैले इच्छा देखाएका थिए।
यो नयाँ एसयूभी डिजेल र पेट्रोल इन्जिनका भेरियन्टमा उपलब्ध हुनेछ र यसको मूल्य भारु ११.४९ लाखदेखि २१.२९ लाख रुपैयाँसम्म राखिएको छ।
डेलिभरी आगामी जनवरी १५ देखि सुरु हुने कम्पनीले जनाएको छ।
टाटा सियरा भारतीय बजारको मिड–साइज एसयूभी सेगमेन्टमा प्रतिस्पर्धा बढाउने अपेक्षामा रहेको बताइएको छ, जहाँ हुन्डाइ क्रेटा र कियाको सेल्टस जस्ता मोडलहरू अग्रस्थानमा छन्।