शाओमीका तीन नयाँ सर्भिस सेन्टर

विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालमा ग्राहक सेवा विस्तार गर्दै हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। यी सर्भिस सेन्टर मंसिर २६, २७ र २९ गतेदेखि क्रमशः सुरु भएका हुन्।

नयाँ सर्भिस सेन्टरबाट शाओमीका स्मार्टफोन, स्मार्टवाच, फिटनेस ब्यान्ड, इयरफोन र हेडफोन लगायतका उपकरणको मर्मत तथा प्राविधिक सहयोग प्रदान गरिनेछ।

सबै केन्द्रमा जेनुइन स्पेयर पार्ट्स र आधिकारिक मर्मत प्रक्रिया अपनाइने भएकाले ग्राहकले भरपर्दो र गुणस्तरीय सेवा पाउनेछन्।

यी सर्भिस सेन्टरहरू टेलिडाइरेक्ट प्रा.लि. मार्फत सञ्चालन हुनेछन्, जसले लामो समयदेखि शाओमीका ग्राहक सेवा र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ।

उद्घाटनको अवसरमा सम्बन्धित क्षेत्रका ग्राहकलाई एक महिनासम्म विशेष सुविधा उपलब्ध गराइनेछ। यसअन्तर्गत निःशुल्क सर्भिसिङ, सफ्टवेयर अपग्रेड, वारेन्टीबाहिरका स्पेयर पार्ट्स तथा मर्मत सेवामा २५ प्रतिशतसम्म छुट र केही सेवामा सर्भिस शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

सबै सर्भिस सेन्टरमा दक्ष प्राविधिक खटाइएकाले साधारणदेखि जटिल प्राविधिक समस्यासम्म छिटो र सहज रूपमा समाधान हुने कम्पनीको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *