एनपीएल उत्कृष्टलाई पल्सर उपहार

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ।

‘टु–ह्विलर पार्टनर’ गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर N160 मोटरसाइकल पुरस्कारस्वरूप हस्तान्तरण गरेको हो।

एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सका कप्तान तथा सर्वाधिक रन बनाउने रोहितकुमार पौडेलले पल्सर मोटरसाइकल प्राप्त गरे। उनले प्रतियोगितामा कुल २७६ रन जोडेका थिए।

त्यस्तै, विराटनगर किंग्सका कप्तान तथा सर्वाधिक विकेट लिने सन्दीप लामिछानेलाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको छ। उनले यस सिजनमा १७ विकेट लिएका थिए।

यसै सिजनका इमर्जिङ प्लेयर घोषित लुम्बिनी लायन्सका शेर मल्लले पनि पल्सर N160 मोटरसाइकल पाए। मल्लले प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै १७ विकेट हात पारेका थिए।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले खेलकुदलाई कम्पनीले सधैं प्राथमिकतामा राख्दै आएको बताउँदै सम्झौताअनुसार उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गर्न पाउँदा खुशी लागेको बताए। उनले ब्रान्डलाई खेलसँग जोडेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

यसअघि कार्तिक १३ गते गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ (क्यान) बीच एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने सम्झौता भएको थियो।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय रंगशालामा मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको दोस्रो संस्करण मंसिर २७ गते शनिबार सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *