भारतको अग्रणी एसयुभी निर्माता महिन्द्रा एण्ड महिन्द्रा (Mahindra & Mahindra Ltd.) ले आफ्नो लोकप्रिय बोलेरो (Bolero) गाडीको नयाँ रेन्ज बजारमा ल्याएको छ।
यस फेसलिफ्टेड मोडलमा डिजाइन र सुविधा दुवैमा सुधार गरिएको छ।
मूल्य: नयाँ बोलेरोको मूल्य भारु ₹७.९९ लाख (एक्स-शोरूम) बाट सुरु हुन्छ। नयाँ टप-एन्ड भेरियन्ट (B8) को मूल्य भारु ₹९.६९ लाख तोकिएको छ।
डिजाइन र बाहिरी भाग: बाहिरी भागमा नयाँ बोल्ड ग्रिल, फन्ट फग ल्याम्प र ‘डायमण्ड कट’ आर-१५ (R15) अलोय ह्वील जडान गरिएको छ। यसमा स्टेल्थ ब्ल्याक (Stealth Black) रङ्ग विकल्प पनि उपलब्ध छ।
आन्तरिक विशेषता: गाडीभित्र १७.८ सेन्टिमिटरको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र स्टेरिंगमा माउन्ट गरिएको अडियो नियन्त्रणहरू समावेश छन्।
सवारी आराम (Comfort): ‘राइडफ्लो टेक’ (RideFlo Tech) सस्पेन्सनको प्रयोगले यस गाडीको सवारी आराम र ह्यान्डलिङ लाई अझ राम्रो बनाएको कम्पनीले बताएको छ।
इन्जिन: नयाँ बोलेरोमा पहिलेकै १.५-लिटर एमहक७५ (mHawk75) डिजेल इन्जिन कायम राखिएको छ, जसले ७५ हर्सपावर र २१० एनएम टर्क उत्पादन गर्दछ।