नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ को फाइनल राउन्ड यही डिसेम्बर आगामी शुक्रबार र शनिबार धुलिखेल रेस ट्र्याकमा हुने भएको छ। ३ क्याटेगोरीमा प्रतियोगिता आयोजना हुने मोटर स्पोर्ट्स नेपाल क्लबका कार्यकारी निर्देशक विनोद तण्डुकारले जानकारी दिए ।
मोटर स्पोर्ट्स प्रतियोगितामध्ये एक मानिने यस च्याम्पियनसिपमा नेपालका शीर्ष मोटरसाइकल राइडरहरू सहभागी हुने कार्यकारी निर्देशक तण्डुकारले बताए ।
प्रतियोगिता यामाहा रेसिङको मुख्य प्रायोजनमा सञ्चालन हुँदै छ ।
प्रतियोगिताको उद्देश्य व्यावसायिक रोड रेसिङ प्रवर्द्धन गर्नु, राइडर सुरक्षामा जोड दिनु र नेपाली मोटर स्पोर्ट्सलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउनु रहेको आयोजकले जनाएको छ ।
च्याम्पियनसिपमा अनुभवी र नयाँ प्रतिभासहित महिला राइडरहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्राविधिक रूपमा चुनौतीपूर्ण धुलिखेल रेस ट्र्याकमा राइडरहरूले आफ्नो सीप र सहनशीलता प्रदर्शन गर्नेछन् ।