त्रिपाठी एण्ड ब्रदर्सको नयाँ शोरूम

त्रिपाठी एण्ड ब्रदर्स अटोमोबाइल्स प्रा. लि., सानेपामा अवस्थित नयाँ शोरूम आज औपचारिक रूपमा उद्घाटन गरिएको छ।

कम्पनीले आजै वैद्यिक विधिबाट पूजापाठ गरी बिक्री–वितरणको सुरुवात गरेको छ।

यस शोरूममार्फत उच्च गुणस्तरका पुनः नविकरण (रिकन्डिसन) भएका सवारीसाधनहरूको बिक्री–वितरण गरिने कम्पनीले जनाएको छ।

सुरु भएको पहिलो दिनमै शोरूमले व्यवस्थित सेवा, उत्कृष्ट गाडी छनोट तथा विश्वासिलो कारोबारको प्रतिबद्धता व्यक्त गरेको छ।

यसरी औपचारिक रूपमा सञ्चालनमा आएको त्रिपाठी एण्ड ब्रदर्स अटोमोबाइल्स प्रा. लि. ले सानेपा क्षेत्रमा गुणस्तरीय रिकन्डिसन गाडीको लागि नयाँ भरोसायोग्य गन्तव्य थपेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *