ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूका लागि आकर्षक योजना ल्याएको छ।
योजना अवधिभर फोनपे नेटवर्कमार्फत कम्तीमा ३ पटक रकमान्तर गर्ने दुई जना ग्राहकले आइफोन १७ जित्ने मौका पाउनेछन्।
त्यस्तै, फोनपे डाइरेक्ट प्रयोग गरेर रकमान्तर गरेको भिडियो सोशल मिडियामा पोस्ट गर्ने ग्राहकले प्रतिदिन सामसुङ इयरबड जित्ने अवसर पनि पाउनेछन्।
यो योजना मंसिर १५ देखि पुस २५, २०८२सम्म लागू हुनेछ। सहभागी हुन मोबाइल बैंकिङमार्फत फोनपे डाइरेक्ट प्रयोग गरी कम्तीमा ३ पटक रकमान्तर गर्नु पर्याप्त छ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरिसकेको छ, जसमध्ये बेस्ट बैंक नेपाल २०२४–२५, युरो मनी अवार्ड २०२२, २०२४–२५, बेस्ट इन्टरनेट बैंक २०१६ आदि प्रमुख छन्।
यो बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक पनि हो।
बैंकका ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित सेवा, ६८ काउन्टर र ३ वटा अन्तर्राष्ट्रिय कार्यालयमार्फत १,००० भन्दा बढी स्थानबाट सेवा दिइँदैछ।
यस बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, कोरिया, जापान, खाडी देशहरू लगायतबाट रेमिट्यान्स सेवा प्रदान गर्दै नेपालीहरूको आर्थिक समृद्धिमा योगदान पुर्याइरहेको छ।