बेनी–जोमसोम सडक कालोपत्र

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ।

बेनीदेखि मुस्ताङ सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र सम्पन्न भएको छ।

इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाइ कालोपत्र र ढलान गरिएको हो।

नागढुंगा–कैकुखोला १६.५ किलोमिटरमध्ये ११ किलोमिटर ६३ करोड रुपैयाँमा, र राहुघाट–नागढुंगा १९ किलोमिटरमध्ये १५ किलोमिटर ६६ करोड रुपैयाँमा निर्माण सकिएको छ।

सडकअन्तर्गत राहुघाट, बेगखोला, महभिर, पोखरेबगर र दाना क्षेत्रमा कालीगण्डकी तथा घट्टेखोलामा मोटरेबल पुल बनाइएका छन्। भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *