पुराना गाडीलाई विद्युतीय बनाउन अनुमति दिने

बुधबार सामाजिक सञ्जालमार्फत् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सरकारले पुराना कार भ्यानलाई विद्युतीय बनाउन अनुमति दिन लागेको खुलासा गरेका छन् । उनले यस्तो घोषणा गरेका हुन् ।

उनले धेरै वर्ष पहिलेदेखि इन्जिनियर र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर ब्याट्रीबाट चल्ने वातावरणमैत्री गाडीमा परिणत गर्ने प्रयास गरेको भए पनि सकिरहेको थिएन ।

यो लोभीपापी प्रवृत्तिका कारण सम्भव नभएको भए पनि अब अनुमति दिन लागिएको उनको भनाइ छ ।

यो घोषणा शिक्षामन्त्रीले गरेको भए पनि यो काम भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *